एभरेष्ट बैंकको मुनाफा १ अर्ब ७१ करोड, प्रतिसेयर आम्दानी र वितरणयोग्य नाफा कति ?

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले यस अवधिसम्म १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
जुन गत आर्थिक वर्षको भन्दा ७.८८ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी १.२७ प्रतिशतले घटेर ३ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ६७ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो ।
पुष समान्तसम्ममा कम्पनीको सञ्चालन नाफा २ अर्ब २६ करोडबाट बढेर २ अर्ब ४४ करोड पुगेको छ । जुन गत आर्थिक वर्षको भन्दा ७.९० प्रतिशतले बढी हो ।
समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा २ अर्ब ४० करोड, खराब कर्जा दर ०.५५ प्रतिशत विन्दुबाट बढेर ०.७७ प्रतिशत, चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ, जगेडा कोषमा ११ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६७ पैसाले बढेर २९ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ५७ पैसा रहेको छ ।














