एनएमबि बैंकको मुनाफा १ अर्ब ३७ करोड, वितरणयोग्य नाफा भने ऋणात्मक, अन्य सूचक कस्ता ?
काठमाडौँ । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा २७.६२ प्रतिशतले कम हो । गत आर्थिक वर्षकोे सोहि अवधिमा कम्पनीको मुनाफा १ अर्ब ९० करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १२.३९ प्रतिशतले घटेर ३ अर्ब ७४ करोड २ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ४ अर्ब २६ करोड ९२ लाख रुपैयाँ रहेको थियो ।
पुष समान्तसम्मको अवधिमा कम्पनीको संचालन नाफा समेत २८.०२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको ६ महिनामा २ अर्ब ७१ करोड ८६ लाख रुपैयाँ संचालन नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ९५ करोड ६७ लाख रुपैयाँ मात्र नाफा गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको खराब कर्जा २.२४ प्रतिशतबाट बढेर २.८६ प्रतिशत, वितरणयोग्य नाफा ९९ करोड ४८ लाख रुपैयाँ ऋणात्मक, चुक्तापूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ, जगेडा कोष ९ अर्ब ६ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७२ पैसाले घटेर १४ रुपैयाँ ९८ पैसा रहेको छ ।