प्राइम कमर्सियल बैंकको मुनाफा २ अर्ब माथि, अधिकांश सूचकको उकालो यात्रा

७ माघ २०८०, आईतवार ११:४१

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीको मुनाफा २ अर्ब १८ करोड २९ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३२.१३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पुष समान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ९.५४ प्रतिशत ३ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ रहेको छ । कम्पनीको संचालन नाफा ३ अर्ब ११ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३२ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको ६ महिनामा वितरणयोग्य मुनाफा ६ करोड ४१ लाख रुपैयाँ, चुक्ता पूँजी १९ अर्ब ४० करोड रुपैयाँ, जगेडा कोषमा ९ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ सञ्चित छ। खराब कर्जा ४.०७ प्रतिशत रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर वितरणयोग्य मुनाफा ४ रुपैयाँ १० पैसा रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*