चालु आर्थिक वर्षको ६ महिनामा कस्तो छ सानिमा बैंकको वित्तीय प्रगति ?

७ माघ २०८०, आईतवार ११:४९

काठमाडौँ । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब १३ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ११.४२ प्रतिशतले कम हो । गत वर्ष सोहि अवधिमा कम्पनीको मुनाफा १ अर्ब २८ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ६.०४ प्रतिशतले घटेर ३ अर्ब १ करोड ६६ लाख रुपैयाँ रहेको छ । गत वर्ष खुद ब्याज आम्दानी ३ अर्ब २१ करोड रुपैयाँ आर्जन गरेको थियो ।

पुससम्ममा यसको खराब कर्जा ०.७७ प्रतिशतबाट बढेर १.७२ प्रतिशत, सञ्चालन नाफा पनि १०.६४ प्रतिशतले घटेर १ अर्ब ६२ करोड ६१ लाख, चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ, जगेडा कोषमा ५ अर्ब ४६ करोड रुपैयाँ र वितरणयोग्य नाफा ६५ करोड १४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ०२ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*