मुक्तिनाथ विकास बैंकको नाफासँगै इपिएस समेत घट्यो, वितरणयोग्य नाफा ऋणात्मक, चुलियो खराब कर्जा

७ माघ २०८०, आईतवार १२:०९

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको ६ महिनामा चालु ४२ करोड १७ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको रिपोर्टले यस्तो देखाएको हो । कम्पनीको खुद नाफा ३२.९३ प्रतिशतले हो । गत वर्षको यसैअवधिमा यस बैंकले ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेर २ अर्ब ८ करोड ७७ लाख रुपैया आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २ अर्ब ४ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ, वितरणयोग्य नाफा ३१ करोड ७२ लाख १३ हजार रुपैयाँ ऋणात्मक, खराब कर्जा १.५३ प्रतिशतले बढेर २.५१ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८५ पैसाले घटेर ११ रुपैयाँ ९२ पैसामा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ३ पैसा रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*