नबिल, ग्लोबल आइएमई र एनआइसी एशिया बैंकबीचको तुलनात्मक अध्ययन, कुन सूचकमा को अगाडि ?
काठमाडौं । वाणिज्य बैंक नबिल ग्लोबल आइएमई र एनआइसी एशिया बैंकले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।बैंकले सार्वजनिक गरेको वित्तिय विवरणलाई आधार मानेर तीन कम्पनीबीच बीमापोष्टले गरेको तुलनात्मक रिर्पोट यस प्रकार रहेको छ ।
तीन कम्पनीबीचको तुलनात्मक रिर्पोट यस्तो छ,
चालु आर्थिक वर्षको पुस मसान्तसम्म नबिल, एनआईसी एसिया र ग्लोबल आईएमई बैंक तीनवटैको नाफा घटेको छ।नबिल बैंकले ६ महिनामा ३ अर्ब २० करोना नाफा गर्दा एनआईसी एसियाले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ मात्रै नाफा गरेको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ नाफा गरेको छ।
नबिलको ६.२८ प्रतिशतमात्रै नाफा घट्दा एनआईसी एसियाको गतवर्ष भन्दा ४१.८४ प्रतिशत कम हो। यता ग्लोबल आईएमई बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनमा २६.५७ प्रतिशत कम हो।विगतमा सधैँ नाफा र आम्दानीसहित सूचकमा प्रतिस्पर्धा हुने गरेतापनि यो वर्ष भने एनआईसी एसिया कमजोर देखिएको छ।
तीन बैंक कुनको सूचक कस्तो?
चुक्ता पुँजीको आधारमा
चुक्ता पुँजीको आधारमा हेर्ने हो भने ग्लोबल आइएमई बैंक अग्रस्थामा रहेको छ । दोस्रो स्थानमा नबिल र तेस्रोमा एनआईसी एशिया बैंक रहेको छ।
दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार ग्लोबल आइएमई बैंकको हालको चुक्ता पुँजि ३६ अर्ब १२ करोड रुपैयाँ रहेको छ।
दोस्रोमा नबिल बैंक रहेको छ। बैंकको हालको चुक्ता पुँजि २७ अर्ब ५ करोड रुपैयाँ रहेको छ।
तेस्रोमा एनआईसी एशिया बैंक रहेको छ । बैैंकको हालको चुक्ता पुँजि १४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।
जगेडा कोषको आधारमा
जगेडा कोषको आधारमा हेर्ने हो भने नबिल बैंकको संञित बलियो देखिएको छ। दोस्रोमा ग्लोबल आइएमई र तेस्रोमा एनआईसी एशिया बैेंक रहेको छ ।
नबिल बैंकको जगेडा कोषमा २७ अर्ब रुपैयाँ रकम संञिति रहेको छ ।
ग्लोबल आइएमई बैंकको जगेडा कोषमा २२ अर्ब रुपैयाँ रकम संञिति रहेको छ।
तेस्रोमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको जगेडा कोषमा १६ अर्ब रुपैयाँ रकम संञिति रहेको छ।
खुद ब्याज आम्दानीको आधारमा
खुद ब्याज आम्दानीको आधारमा तीन बैंकबीच तु्लनात्मक अध्ययन गर्दा ग्लोबल आइएमई बैंकको खुद ब्याज आम्दानी सबैभन्दा बढी रहेको छ । बैंकको खुद ब्याज आम्दानी ९ अर्ब २ करोड रुपैयाँ रहेको छ।
दोस्रोमा नबिल बैंक र तेस्रोमा एनआईसी एशिया बैंक रहेको छ।
दोस्रो त्रैमासको अवधिसम्ममा नबिल बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २४ करोड रुपैयाँ रहेको छ।
एनआईसी एशिया बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ५४ करोड रुपैयाँ रहेको छ।
खुद मुनाफा
चालु आर्थिक वर्षको पुस मसान्तसम्म नबिल, एनआईसी एसिया र ग्लोबल आईएमई बैंक तीनवटैको नाफा घटेको छ।
नबिल बैंकले ६ महिनामा ३ अर्ब २० करोना नाफा गर्दा एनआईसी एसियाले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ मात्रै नाफा गरेको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ नाफा गरेको छ।
नबिलको ६.२८ प्रतिशतमात्रै नाफा घट्दा एनआईसी एसियाको गतवर्ष भन्दा ४१.८४ प्रतिशत कम हो। यता ग्लोबल आईएमई बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनमा २६.५७ प्रतिशत कम हो।
वितरणयोग्य मुनाफा
वितरणयोग्य मुनाफाको आधारमा हेर्दा दुई बैंकको वितरणयोग्य मुनाफामा गिरावट आएको छ भने एकको मात्रै सुधार अवस्थामा रहेको छ ।
एनआईसी एशिया बैंकर ग्लोबल आइएमई बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । एनआईसी एशिया बैंकको खुद नाफा ४१.८४ प्रतिशत घटेको छ ।
नबिल बाहेक सबैको वितरणयोग्य मुनाफामा गिरावट आएको छ।
प्रतिशेयर आम्दानी
प्रतिशेयर आम्दानीमा एनआईसी एशिया बैंक अग्रस्थामा रहेको छ। बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५२ पैसा रहेको छ।
दोस्रोमा नबिल बैंक रहेको छ । बैंैकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ६८ पैसा रहेको छ।
तेस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३१ पैसा रहेको छ।
पिई रोसियो
पिई रोसियो आधारमा नबिल बैंक अगाडि रहेको छ । बैंैकको पिई रोसियो २०।८३ प्रतिशत रहेको छ।
एनआईसी एशिया बैकको १९।९७ प्रतिशत र ग्लोबल आइएमई बैको १८।१३ प्रतिशत रहेको छ।
खराब कर्जा
खराब कर्जा ग्लोबल आइएमई बैंकको ४।६८ प्रतिशत, एनआईसी एशिया बैंकको १।१९ प्रतिशत र नबिल बैंकको १।१२ प्रतिशत रहेको छ।
बेस रेटको आधारमा
तीन बैंकको बेस रेट हेर्दा एनआईसी एशिया बैंकको बेस रेट सबैभन्दा धेरै रहेको छ। बैंकको बेस रेट ९।६ प्रतिशत रहेको छ।
दोस्रोमा नबिल बैंकको बेस रेट ९।७ प्रतिशत रहेको छ भने ग्लोबल आइएमई बैंकको बेस रेट ९।६ प्रतिशत रहेको छ ।
स्रेपेडदरको आधारमा
राष्ट्र बैंकले बाणिज्य बैंकको स्प्रेडदर ४.० प्रतिशतबाट ४ प्रतिशत मुनि नै तीन बैंकको रहेको छ।
वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.० प्रतिशतबाटमाथि जान नहुने हो ।
सो आधारमा यी तीन बैंक नै नियमनमा बसेको देखिन्छ । नबिल बेैंकको स्पे्रड दर ४ प्रतिशत रहेको छ ।
त्यस्तै, एनआईसी एशिया बैंकको ३।९९ प्रतिशत रहेको छ ।