किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का नियुक्त

७ माघ २०८०, आईतवार १४:१५

काठमाडौं । किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का नियुक्त भएका छन् । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृत रहेका खड्कालाई सोहि मिति देखि नै लागु हुने गरि निमित्त सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका सीइओ पर्वत कुमार कार्कीले राजीनामा दिएपछि खड्काले निमित्त सीइओमा खड्का नियुक्त भएका हुन् । कार्कीले भने नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्ति पाएपछि लघुवित्तको सीईओबाट राजीनामा दिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*