प्रतिसेयर आम्दानीमा वाणिज्य बैंक को कति बलियो ? (सूचीसहित)

काठमाडौँ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८०।०८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेको छन् । बैंकको रिपोर्ट अनुसार प्रतिसेयर आम्दानीमा सबैंभन्दा बलियो स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा स्टान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ६२ पैसा रहेको छ । जुन २० वटै वाणिज्य बैंकहरु मध्य कै बढी हो ।
प्रतिसेयर आम्दानी धेरै हुने दोस्रो नम्बरमा एभरेष्ट बैंक रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ १२ पैसा रहेको छ ।
त्यस्तै, एनआइसी एशिया बैंक प्रतिसेयर आम्दानी बढी हुने वाणिज्य बैंकहरुको तेस्रो नम्बरमा परेको छ । चालु आर्थिक वर्षको पुष समान्तसम्ममा कम्पनीको २५ रुपैयाँ ५९ पैसा प्रतिसेयर आम्दानी रहेको छ ।
त्यस्तै, समिक्षा अवधिमा प्रतिसेयर आम्दानी बढी गर्ने बैंकहरुमा नबिल बैंकले २३ रुपैयाँ ७४ पैसा, कृषि विकास बैंकले १७ रुपैयाँ ७३ पैसा, सानिमा बैंकले १६ रुपैयाँ ८१ पैसा, नेपाल एसबिआई बैंकले १६ रुपैयाँ ५१ पैसा, सिद्धार्थ बैंकले १६ रुपैयाँ १८ पैसा, एनएमबि बैंकले १४ रुपैयाँ ९८ पैसा, हिमालयन बैंकले १३ रुपैयाँ ८६ पैसा र माछापुच्छ्रे बैंकले १३ रुपैयाँ ८६ पैसा रहेको छ ।
साथै, ग्लोबल आइएमई बैंकले ११ रुपैयाँ ३१ पैसा, सिटिजन बैंकले ११ रुपैयाँ ०२ पैसा, नेपाल इन्भेष्टमेन्ट बैंकले १० रुपैयाँ ५६ पैसा, लक्ष्मी सनराइज बैंकले ९ रुपैयाँ १४ पैसा, नेपाल बैंकले ८ रुपैयाँ ०३ पैसा, कुमारी बैंकले ६ रुपैयाँ ६१ पैसा र प्रभु बैंकले ६ रुपैयाँ १३ पैसा प्रतिसेयर आम्दानी गरेका छन् ।