रिपोर्ट आएकै दिन १८ वाणिज्य बैंकहरुको शेयरमूल्य घट्यो

७ माघ २०८०, आईतवार १८:२१

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८०।०८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेको छन् । रिपोर्ट सार्वजनिक गरेकै दिन १८ वाणिज्य बैंकहरुको शेयरमूल्यमा चर्काे गिरावट आएको छ ।

यस दिन वाणिज्य बैंक उपसूचक २.४२ प्रतिशतले ओरालो लागेको छ । आज नेप्सेमा सूचीकृत कुल १९ वाणिज्य बैंकहरु कारोबारमा आएका थिए । जसमध्ये १८ वटा बैंकहरुको शेयरमूल्य घट्दा एकमात्र प्राइम कमर्सियल बैंकको शेयरमूल्य ०.२८ प्रतिशतले बढेको हो ।

आइतबार एभरेष्ट बैंक र एनएमबि बैंकको शेयरमूल्य सर्वाधिक घटेको छ । यी दुई बैंकहरुको शेयरमूल्य क्रमशः ५.०५ र ४.७६ प्रतिशतले घटेको हो । आज कुमारी बैंकको शेयरमूल्य सर्वाधिक कम १५६.७० रुपैयाँमा कारोबार भएको छ । दुई बैंकहरुको शेयरमूल्य ५०० रुपैयाँमाथि कारोबार भएको छ । यस दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५३५ र एभरेष्ट बैंकको ५२६ रुपैयाँमा कारोबार भएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*