सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ७६ हजार कित्ता शेयर बिक्रीमा

८ माघ २०८०, सोमबार ११:२४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी नवराज बजगाई र ईमान बहादुर गुरुङको नाममा रहेको क्रमशः ५ हजार ३० कित्ता र १ लाख ७१ हजार १० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति वा संस्थाले खरिद गर्न सक्ने बैंकले जनाएको छ । शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा खरिद गर्न चाहेको शेयर संख्यासमेत खुलाई आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*