नेटवर्थ हाराहारीमा पाइन थाल्यो यी वाणिज्य बैंकको सेयर, नेटवर्थको तीन गुणासम्म पनि पुगेन सेयर मूल्य (सूचीसहित)

८ माघ २०८०, सोमबार १६:१३

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणले दोस्रो बजारको बैकिङ उपसूचकमा प्रभाव पारेको छ । पछिल्लो चार दिन यता सेयर बजार निरन्तर घट्दो ट्रेन्डमा छ । पूँजीकरणको आधारमा नेपाली पूँजी बजारमा सबै भन्दा धेरै हिस्सा ओकट्ने वाणिज्य बैंकहरु प्रतिसेयर नेटवर्थको नजिकको हाराहारीमा पुगेको छ ।

मर्जरपछि तीन कम्पनी प्रतिसेयर नेटवर्थको बोडर लाइनमा पुगेको देखिएको छ । मर्जर पछाडि सकारात्मक सिर्नेजी आउने अपेक्षा बोकेका सेयर लगानीकर्तालाई निराश बनाएको देखिन्छ ।

नेप्सेले कम्पनीको सूचीकरणपछि पहिलो कारोबार गर्दा एउटा मूल्य सिमा दिने गर्दछ । नेप्सले कम्पनी नेटवर्थको एक देखि तीन गुणासम्म पहिलो कारोबारको सिमा तोकि दिएको हुन्छ ।

नेटवर्थको परीपरि सेयर किन्न पाउनु लगानीकर्ताको लागि सुनौलो अवसर हो । दोस्रो बजारमा लामो समय होल्ड गर्ने लगानीकर्ताको लागि भने यस्ता कम्पनी अवसरको रुपमा हुन सक्छ ।

नेपाल बैंकको सेयर मूल्य नेटवर्थ भन्दा तल, चार कम्पनीको नजिक
बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरणमा उल्लेख नेटवर्थ भन्दा नेपाल बैंकको सेयर मूल्य कम रहेको छ । कम्पनीको नेटवर्थ २५२ रुपैयाँ रहेकोमा सेयर मूल्य २३२ रुपैयाँ ८० पैसा रहेको छ ।

त्यस्तै, कुमारी बैंकको नेटवर्थ १६६ रुपैयाँ ६३ पैसा र सेयर मूल्य ७७० रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेटवर्थ १७० रुपैयाँ ६८ पैसा र सेयर मूल्य १७५ रुपैयाँ ८० पैसा, हिमालयन बैंकको नेटवर्थ १६२ रुपैयाँ १७ पैसा र सेयर मूल्य २०५ रुपैयाँ, कृषि विकास बैंकको नेटवर्थ २२० रुपैयाँ र सेयर मूल्य २४४ रुपैयाँ रहेको छ ।

अन्य १४ कम्पनीको अवस्था कस्तो ?
बैंकहरुमा आज सबै भन्दा बढी सेयर मूल्य एभरेष्ट बैंकको रहेको छ । कम्पनीको सेयर मूल्य ५२३ रुपैयाँ रहेको छ भने नेटवर्थ २१९ रुपैयाँ ५७ पैसा हरेको छ ।

त्यस्तै, स्टान्डर्ड चाटर्ड बैंकको नेटवर्थ २०५ रुपैयाँ ५८ पैसा र सेयर मूल्य ५१३ रुपैयाँ, एनआइसि एशिया बैंकको नेटवर्थ २०५ रुपैयाँ १० पैसा र सेयर मूल्य ४८९ रुपैयाँ, नबिल बैंकको नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा र सेयर मूल्य ४८९ रुपैयाँ, नेपाल एसबिआई बैंकको नेटवर्थ १८० रुपैयाँ ९२ पैसा र सेयर मूल्य २९९ रुपैयाँ १० पैसा र सानिमा बैंकको नेटवर्थ १४५ रुपैयाँ ०२ पैसा र सेयर मूल्य २४५ रुपैयाँ २० पैसा रहेको छ ।

साथै, सिद्धार्थ बैंकको नेटवर्थ १८२ रुपैयाँ ७८ पैसा र सेयर मूल्य २४२ रुपैयाँ, प्राइम कर्मसियल बैंकको नेटवर्थ १५१ रुपैयाँ २२ पैसा र सेयर मूल्य २०९ रुपैयाँ २० पैसा, ग्लोबल आइएमई बैंकको नेटवर्थ १५७ रुपैयाँ ४० पैसा र सेयर मूल्य १९८ रुपैयाँ, एनएमबि बैंकको नेटवर्थ १५२ रुपैयाँ ०६ पैसा र सेयर मूल्य १९५ रुपैयाँ ९० पैसा, माछापुच्छे« बैंकको नेटवर्थ १४५ रुपैयाँ र सेयर मूल्य १९५ रुपैयाँ, सिटिजन बैंकको नेटवर्थ १४६ रुपैयाँ २० पैसा र सेयर मूल्य १७४ रुपैयाँ, प्रभु बैंकको नेटवर्थ १३५ रुपैयाँ ०२ पैसा र सेयर मूल्य १५९ रुपैयाँ ९० पैसा, कुमारी बैंकको नेटवर्थ १३६ रुपैयाँ ८२ पैसा र सेयर मूल्य १५५ रुपैयाँ ५० पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*