स्याङ्जामा बचत गर्ने बानी बसाल्न विद्यार्थीका लागि बैंक खाता
९ माघ २०८०, मंगलवार ११:००
![](https://www.beemapost.com/wp-content/uploads/2024/01/student-bachat.jpg)
काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीहरुलाई विद्यालयदेखि नै बचत गर्ने बानी विकास गराउने अभ्यास सुरु गरेको छ ।
विद्यार्थीहरुलाई भविष्यमा उद्यमशिलताको क्षेत्रमा जोड्ने योजनाका साथ पालिकाले बचत गर्ने बानीको विकास गराउन लागेको हो ।
फेदीखोला गाउँपालिका र प्राइम कमर्सियल बैंकबीचको आपसी साझेदारीमा विद्यार्थीको बचत खाता सञ्चालन कार्यक्रम कार्यान्वयनका लागि सम्झौता गरिएको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आर्थिक उपार्जनमा सहभागी गराउन यो कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।
पालिका र प्राइम कमर्सियल बैंकले प्रत्येक विद्यार्थीको बचत खातामा एक–एक सयका दरले दुई सय रुपैयाँ जम्मा गरिने अध्यक्ष सुवेदीले बताएका छन् ।