यस्तो छ हिमालयन लघुवित्तको १२औं वार्षिक साधारण सभाको माइन्यूट
९ माघ २०८०, मंगलवार १०:३५
काठमाडौं । हिमालयन लघुवित्तको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुस २५ गते बुधबार बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौँमा सम्पन्न भएको हो ।
यस कम्पनीको सभाले सर्वसाधारण शेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकको नियुक्ती गरेको छ । सभामा गत आवको वार्षिक प्रतिवेदनसहित नाफा नोक्सान हिसाव तथा नगद प्रवाहमा छलफल तथा पारित गरी लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक तोक्ने लगायतका एजेण्डा समेत पारित गरेको हो ।
सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरेको हो ।