इन्फिनिटी लघुवित्तको १५ हजार कित्ता सेयर बिक्रीमा

९ माघ २०८०, मंगलवार ११:२७

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका संस्थापक सेयरधनी अरुण ध्वज अधिकारीले आफ्नो नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ ९ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन दिन सकिनेछ ।

तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन पेश नभएको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*