६ ऋणीको घरजग्गा बिक्री गर्दै एनएमबि बैंक
९ माघ २०८०, मंगलवार १४:०३
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ६ ऋणीको घरजग्गा लिलाम बिक्री गर्ने भएको छ ।
बैंकले ऋणीहरुको धितो सुरक्षणमा रहेको उल्लेखित सम्पत्तिहरु जे–जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री गरिने जनाएको हो ।
बैंकको सुरक्षणमा रहेको उल्लेखित सम्पत्तिहरु खरिद गर्न इच्छुकले सूचना प्रकाशित मिति (माघ ९ गते) ले १५ दिनभित्र बैंकको कर्जा असुली विभाग, नक्साल, काठमाडौंमा बोलपत्र पेश गर्नुपर्नेछ ।