वाणिज्य बैंकको शेयरमा तीव्र उचारचढाव, आधा बैंकको शेयर मूल्यमा देखिएन सुधार (एलटीपीसहित)

९ माघ २०८०, मंगलवार १७:२८

काठमाडौं । मंगलरबार नेप्से झिनो अंकले घटेर बन्द भएको छ । यस दिन वाणिज्य बैंक सेक्टरमा तिव्र उतारचढाव देखिदा आधाजसो बैंकको शेयरमूल्य सुधारतर्फ बढ्न नसकेको हो ।

मंगलबार वाणिज्य बैंक परिसूचक ४.९४ अंकले ओरालो लागेर ११६१.१२ को विन्दुमा कायम भएको छ । यस दिन बैंकिङ सबइन्डेक्स ०.४२ प्रतिशतले घटेको हो ।

आज वाणिज्य बैंक सेक्टरबाट कुल १९ सूचीकृत बैंकहरु कारोबारमा आएका छन् । जसमध्ये ८ बैंकहरुको शेयरमूल्य बढेको छ भने ९ बैंकहरुको शेयरमूल्य ओरालो लागेको छ । दुई बैंकको शेयरमा भने कुनै प्रकारको हलचल आएको छैन् ।

यस दिन कृषि विकास बैंकको शेयर सर्वाधिक ०.४९ प्रतिशतले बढेको छ । दोस्रोमा एनएमबि बैंकको ०.४१ प्रतिशतले शेयरमूल्य बढेको छ ।

यता एनआईसी एशिया बैंकको शेयरमूल्य सर्वाधिक २.१३ प्रतिशतले घटेको छ । दोस्रोमा सिद्धार्थ बैंकको १.०३ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*