चिलिमे जलविद्युतको नगद लाभांश सेयरधनीहरुको खातामा जम्मा

१० माघ २०८०, बुधबार ११:११

काठमाडौँ । चिलिमे जलविद्युत कम्पनीले नगद लाभांश वितरण गरेको छ । कम्पनीको पुष २० गते सम्पन्न २७औं वार्षिक साधारण सभाले पारित गरेको ५ प्रतिशत बैंक खातामा जम्मा सुरु गरेको हो ।

आफ्नो हितग्राही खातामा बैंक खाता न.अद्यावधिक गराएका सेयरधनीहरुको हकमा उक्त नगद लाभांश पुष २९ गतेदेखि सम्बन्धित सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरु तथा हालसम्म पनि आफ्नो प्रमाणपत्रहरु अभौतिकीकरण नगराएका सेयरधनीहरुले आफ्नो सेयर प्रमाणत्र अभौतिकीकरण गराउन कम्पनीले भनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*