आईआरएमआईएस मार्गदर्शन लागू, बीमा कम्पनीहरुको तथ्यांक पारदर्शी हुने प्राधिकरणको विश्वास

१० माघ २०८०, बुधबार १६:३१

काठमाडौं। नियामक निकाय नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्स रेगुलेटरी म्यानेजम्यान्ट इन्फरमेसन सिष्टम (आईआरएमआईएस) सम्बन्धी मार्गदर्शन लागू गरेको छ । नियामक तथा बीमकको तथ्यांक व्यवस्थापन एवं काम प्रभावकारी र पारदर्शी बनाउन मार्गदर्शन लागू गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई जानकारी दिएका छन् ।

यो वयवस्था लागू भएसँगै अब बीमक वा अन्य सम्बन्धित निकायसँग सूचना तथा तथ्यांक आदानप्रदान गर्न आईआरएमआईएस पोर्टल प्रयोग गर्नुपर्ने भएको छ ।

जीवन, निर्जीवन र पुर्नबीमा कम्पनीहरुले यो मार्गदर्शन अनुसार प्राधिकरणले माग गरेको सूचना तोकिएको समयभित्रै उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ ।
प्राधिकरणले बीमकलाई लगइन आइडी उपलब्ध गराउने र सोही प्रणालीमा कम्पनीले आफ्नो तथ्यांक प्रविष्ट गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

IRMIS-Guidelines-2080

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*