हिमालयन रिको अर्काे सफलता, पायो विश्व विख्यात रेटिङ एजेन्सी एएम बेष्टबाट ‘बी प्लस’ रेटिङ

११ माघ २०८०, बिहीबार १२:४६

काठमाडौं । केही दिन अघिमात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृती पाएको हिमालयन रिइन्स्योन्स लिमिटेडले अर्काे सफलता हासिल गरेको छ । कम्पनीले विश्व विख्यात रेटिङ एजेन्सी एएम बेष्टबाट ‘बी प्लस’ रेटिङ पाएको हो ।

कम्पनी विश्व विख्यात रेटिङ एजेन्सी एएम बेष्टबाट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो कम्पनी भएकोमा ‘बी’ बाट ‘बी प्लस’ रेटिङमा छलाङ्ग मारेको छ । नेपाल जस्तो दक्षिण एशिया प्रान्तीय राष्ट्रमा स्थापित यस कम्पनीले एएम बेष्टबाट रेटिङ गराएको दोश्रो वर्षमै आफ्नो रेटिङमा स्तरोन्नती गराउन सक्नुलाई अन्यन्तै ठूलो उपलब्धिका रुपमा लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले पाएको बी प्लस रेटिङले कम्पनीको वासलात अन्यन्त सबल रहेको जनाउँछ ।

स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यवसाय विस्तार गरी दक्षिण एशियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमाको छवी बनाउन सफल भएको कम्पनीले उक्त रेटिङ प्राप्त गरेसँगै दक्षिण पूर्व एशिया, मध्य पूर्व, अफ्रिकी तथा युरोप प्रान्तहरुबाट पुनर्बीमा व्यवसाय गर्न ढोका खुल्ला भएको छ ।

यसले कम्पनीको अन्तर्राष्ट्रिय पुनर्बीमा व्यवसायमा उल्लेख्य वृद्धि हुने कम्पनीले जनाएको छ । यसबाट कम्पनीले राष्ट्रका लागि बहुमूल्य विदेशी विनिमय आर्जन गर्न उदाहरणीय योगदान गर्नुका साथै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा स्थापना गर्न समेत टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*