छिमेक लघुवित्तको सीइओमा दिपक निधि तिवारी नियुक्त

११ माघ २०८०, बिहीबार १२:४९

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दिपक निधि तिवारीलाई नियुक्त गरेको छ । कम्पनीको माघ १० गते बसेको संचालक समितिको बैठकले निधिलाई सीइओको जिम्मेवारी दिएको हो ।

संस्थाका सीइओको चोलराज शर्माको पदावधि माघ ५ गते सकिएसँगै तिवारीलाई कामु सीइओको जिम्मेवारी दिएको हो । उनलाई बुधबारको संचालक समितिको बैठकले सीइओ बनाउने निर्णय गरेको हो ।

यसअधि तिवारी संस्थाको नायब महाप्रवन्धक पदको कार्यभार सम्हाल्दै आएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*