७ विकास बैंकको शेयरमूल्य बढ्यो, बाँकीको गिरावट (एलटीपीसहित)

११ माघ २०८०, बिहीबार १७:५३

काठमाडौं । बिहीबार नेप्सेमा सामान्य करेक्सन देखिएतापनि विकास बैंक उपसूचक ०.१४ प्रतिशतले उचालिएको छ । यस दिन ७ विकास बैंकको शेयरमूल्य बढ्दा ८ विकास बैंकको शेयरमूल्यमा गिरावट आएको हो ।

आज उपसूचक बढेसँगै विकास बैंकहरुको शेयरमूल्य २५५.३० रुपैयाँदेखि ४१२.६० रुपैयाँसम्म कायम भएको छ । यस दिन विकास बैंक परिसूचक ५.९५ अंकले बढेको छ । बिहीबार जम्मा १६ सूचीकृत विकास बैंकहरु कारोबारमा आएका हुन् ।

कारोबारमा आएका बैंकहरुमा ७ विकास बैंकको शेयरमूल्य बढ्दा ८ को घट्यो भने बाँकी रहेको एक विकास बैंकको शेयरमा कुनै हलचल आएन् ।

यस दिन कामना सेवा विकास बैंकको सर्वाधिक २.११ प्रतिशतले शेयरमुल्य बढ्यो भने नारायणी विकास बैंकको सर्वाधिक २.१३ प्रतिशतले शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*