निर्जीवन लघु बीमा कम्पनीहरुको छ महिनामा चार करोड ५० लाख, नेपाल माइक्रो इन्स्योरेन्स सबैभन्द उत्कृष्ट

११ माघ २०८०, बिहीबार १८:३०

काठमाडौं । निर्जीवन लघुबीमा कम्पनीहरुले चालु आवको छ महिनाको अवधीमा कूल चार करोड ५० लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छ । हाल सञ्चालनमा रहेका नपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले सो बीमा व्यवसाय गरेका हुन् ।

छ महिनाको अवधीमा तीन वटा बीमा कम्पनीहरुले २० हजार ३७३ वटा बीमा पोलिसी जारी गरेका छन् । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा ठूलो निर्जीवन लघुबीमा कम्पनीहरु मध्ये नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि रहेकोछ । सो कम्पनीले दुई करोड ३७ लाख ५७ हजार रुपैयाँको कूल बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले एक करोड ६५ लाख २२ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । साथै स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले ४७ लाख ८८ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

पुस समान्तसम्मको मात्रै तथ्याङ्क हेर्दा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ९६ लाख ७३ हजार रुपैयाँ बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले २६ लाख ७१ हजार रुपैयाँ बीमा शुल्क संकलन गर्दा स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले ३० लाख नौ हजार रुपैयाँ कूल बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*