आर्थिक संकटका बीचमा आईएमई लाइफको लोभलाग्दो प्रगति, जीवन बीमा कोषमा झण्डै आठ अर्ब, मुनाफामा उच्च बृद्धि

१४ माघ २०८०, आईतवार १०:५७

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरणमा चालु आवको दोस्रो त्रैमासम्मको अवधीमा उल्लेख्य प्रगति गर्न सफल भएको छ ।

कम्पनीको जीवन बीमा कोषको आकार झण्डै १४ प्रतिशतले बृद्धि भई करिब आठ अर्ब अर्थात सात अर्ब ९९ करोड ८९ लाख नाघेको छ भने मुनाफामा पनि उच्च बृद्धि देखिएको छ ।

चालु आवको पुस समान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार सात अर्ब दुई करोड १९ लाख २४ हजार २६६ रुपैयाँबाट बृद्धि भई सात अर्ब ९९ करोड ८९ लाख ८३ हजार १७६ रुपैयाँ पुगेको छ । जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष निकै महत्वपूर्ण हुन्छ । त्यस्तै, कम्पनीको जगेडा कोषमा ८५ करोड दुई लाख ७२ हजार ५६६ रुपैयाँ संचिती रहेको छ । सो सहित कम्पनीको कूल कोषको आकार आठ अर्ब ८४ करोड ९१ लाख नाघेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कूल १३ अर्ब ४७ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीको लगानी गत आवको तुलनामा ३४.२ प्रतिशतले बृद्धि भएको दखिएको छ । लगानी बृद्धि हुँदा कम्पनकिो लगानीबाट प्राप्त आम्दानी समेत बृद्धि भएको छ । लगानीबाट प्राप्त आम्दानी र ऋणबाट प्राप्त ब्याज समेत गणना गर्दा ७८.७ को फराकिलो बृद्धि हासिल गर्न सफल भएकोछ । कम्पनीको कुशल व्यवस्थापन र सही लगानी नीतिका कारण प्राप्त उच्च प्रतिफलका कारण कम्पनीको जीवन बीमा कोष र मुनाफा दुवैमा उच्च बृद्धि हुन पुगेको छ ।

कमपनीले गत आवको तुलनामा बीमा व्यवसाय १२.३ प्रतिशतको उच्च बृद्धि हासिल गर्न सफल भएको छ । देश आर्थिक संकटमा परेका कारण अन्य बीमा कम्पनीहरुको व्यवसाय खुम्चिँदा समेत आइएमई लाइफको कूल बीमा शुल्क आम्दानी एक अर्ब ८७ करोडबाट बढेर दुई अर्ब १० करोड पुगेको छ । बीमा सरेण्डर आठ करोड २० लाखबाट बढेर ११ कराड २५ लाख पुगेको छ ।

कम्पनीले समीक्षा अवधीमा सञ्चालन तथा कर्मचारी खर्च बृद्धि भई २६ करोडबाट बढेर ३१ करोड पुगेको छ । त्यस्तै, कमिशन खर्च घटेर २२ करोड ४६ लाखबाट २० करोड ४४ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।

समीक्षा अवधीमा आइएमई लाइफको खुद नाफा ९६ प्रतिशतले बृद्धि भई ११ करोडबाट बढर २३ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनेछ । यस अवधीमा बीमा पोलिसी संख्या पनि उच्च अंकले बढेर दुई लाख ३० हजारबाट बृद्धि भई चार लाख १५ हजार ४९४ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ११.७४ रुपैयाँ रहेको छ भने पिई रेसियो ४७.२९ रहेको छ । साथै प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३९८.३० रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*