प्रभु महालक्ष्मी लाइफद्वारा बीमा दावी भुक्तानी, विश्वकर्माका आश्रित परिवारमा राहत

१५ माघ २०८०, सोमबार १२:१३

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कटारी शाखाले आइतबार एक कार्यक्रम गरी मृतक गंगा बहादुर विश्वकर्माको छोरा इश्वर विश्वकर्मालाई चार लाख हजार ६०० रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । न्यून आय भएका गरिब परिवारमा चार लाख रुपैयाँ बीमा दावी भुक्तानी बापतको रकम पाउँदा आश्रित परिवारमा भविष्यको नयाँ रेखा कोर्ने अवसर जुटेको छ ।

बीमा दावी रकम हस्तान्तरण गर्दै कटारी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर खड्काले जीवन बीमा उत्कृष्ट बचत सँगै वित्तीय अभिभावक समेत रहेको बताउँदै जीवन बीमा सबैका लागि अपरिहार्य भएको बताए । अध्यक्ष खड्काले बीमा अवधिभरिमा केही नहुँदा बचत र प्रतिफल समेत स्वयंले भुक्तानी पाइन्छ भने यसरी अचानक भवितव्यमा परेर अभिभावक गुमाउँदाको अवस्थामा बीमाले अभिभावकको भूमिका खेल्ने भएकोले सबैले जीवनबीमा गर्नुपर्ने बताए ।

उदयपुर कटारीका गंगा बहादुर विश्वकर्माले २०८० भदौ ३१ गते छ वर्ष अवधिको लागि दुई लाख रुपैयाँ बीमाङ्कको जीवनबीमा गरेका थिए । बीमा गरेर सामान्य गुजारा गरिरहेका उनको २०८० मंसिर ४ गते सडक दुर्घट्नामा परि निधन भएको थियो । दुर्घटनामा निधन भएकोले बीमाङक रकम दुई लाख तथा दुर्घट्ना निधन लाभ वापतको थप दुई लाख २ लाख र एक वर्षको बोनस समेत गरि जम्मा चार लाख छ हजार ६०० रुपैयाँ भुक्तानी गरिएको कम्पनीका कटारी शाखा प्रबन्धक शुभराज राईले बीमापोष्टलाई जानकारी दिए ।

गरिब परिवार, त्यसमाथि दलित परिवारमा घरमूलीको निधन भएपछि शोकसँगै आर्थिक अभावमा परेको परिवारले बीमा गरेकै कारण आर्थिक लाभ पाएको छ भने आश्रित परिवारले आर्थिक रुपमा अघि बढ्ने बाटो भेट्टाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*