बीमा कम्पनीहरुले समयमा जुटाउन सकेन पुँजी, पुनर्बीमा कम्पनीलाई हकप्रदकै भर

१७ माघ २०८०, बुधबार १८:१३

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई पूँजी पुर्याउन दिएको समयसीमा सकिंदा समेत बीमा कम्पनीहरुले पूँजी पुर्याउन सकेका छैनन्। स

प्राधिकरणको निर्देशन अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुले ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्ने थियो । तर प्राधिकरणले तोकेको समय सीमा सकि सक्दा पनि अधिकाँश जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी कायम गर्न सकेनन्।

बीमा प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार सातवटा बीमा कम्पनीहरुले मात्रै न्युनतम चुक्ता पूँजी पुर्याएका छन् । तीनवटा जीवन बीमा कम्पनी र चारवटा निर्जीवन बीमा कम्पनी गरी सात वटा कम्पनीले मात्रै न्युनतम चुक्ता पूँजी पुर्याउन सफल भएका हुन् ।

जीवन बीमा तर्फ नेपाल लाइफ इन्स्योरेन्स,हिमालयन लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सले पूँजी पुर्याएका छन् भने निर्जीवन बीमा तर्फ आइजीआई प्रडेन्सिलय इन्स्योरेन्स,सिद्धार्थ प्रिमियर इन्स्योरेन्स,शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले मात्रै मात्रै तोकेअनुसारको पूँजी पुर्याएका छन्।

अझै ११ वटा जीवन बीमा कम्पनी र १० वटा निर्जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी पुर्याउन सकेका छैनन् । आफुले दिएको समयसीमासम्म पनि अधिकाँश कम्पनीहरुले पूँजी पु्र्याउन नसकेपछि अहिले प्राधिकरणले बीमा कम्पनीहरुलाई हकप्रद निष्कासनको बाटो खुल्ला गरेको छ। पूँजी नपुगेका बीमा कम्पनीहरु अहिले धमाधम हकप्रद शेयर जारी गर्ने तयारीमा छन्।

बीमा कम्पनीहरुले जस्तै पुनर्बीमा कम्पनीलाई पनि पूँजी पुर्याउन प्रधिकरणले हकप्रदकै बाटो खोल्नुपर्ने अवस्था आउन सक्ने देखिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*