हिमालयन र नेपाल रिइन्स्योरेन्सको शेयरमा खरिद बिक्रीको चाप, यस्तो छ कारण

१८ माघ २०८०, बिहीबार १३:३५

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको चुक्ता पूँजी बढाउने निर्णय गरेसँगै कम्पनीको शेयर खरिद बिक्रीमा लगानीकर्ताको चाप बढेको छ ।

प्राधिकरणले हाल सञ्चालमा रहेका सरकारी स्वामित्वमा रहेको नेपाल रिइन्स्योरेन्स र निजी हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई २०८१ सम्ममा चुक्ता पूँजी २० अर्ब पुर्याउने निर्देशन दिएको छ । सोको क्यापिटल प्लान भने प्राधिकरणमा दुई सातापछि पुर्याउन पर्नेछ ।

केही निश्चित लगानीकर्ताहरुले यसै अवसरमा कम्पनीको शेयरमूल्य घटाएर खरिद बिक्रीमा चाप पैदा गरेको हुनसक्ने शेयर विश्लेषकहरुको धारणा रहेको छ । सो कारणपनि आज दुबैको शेयरमूल्य घटाएर टप टू सर्वाधिक खरिद बिक्रीमा परेको छ ।

बिहीबार १ बजेर ३५ मिनेट जाँदै गर्दा हिमालयन रिको शेयर ६९७.१० रुपैयाँमा र नेपाल रिको शेयर ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*