नेपाल माइक्रो इन्स्योरेन्सको आठौं शाखा बुटवलमा

१९ माघ २०८०, शुक्रबार ११:१६

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ। कम्पनीले रुपन्देहीको बुटवलमा आठौं शाखा सञ्चालनमा ल्याएको हो।

कम्पनीले आज (माघ १९ गते) शुक्रबार रिवन काटेर उक्त शाखाको समुद्घाटन गरेको छ। सो शाखाबाट ग्राहकलाई आजैदेखि सेवा प्रदान गर्न थालिने कम्पनीले जनाएको छ।

यस कम्पनीले ‘सानो इन्स्योरेन्स ठूलो केयर’ भन्ने मूल अभिप्रायका साथ शाखा कार्यलयहरु विस्तार गर्दै गइरहेको छ। देशभित्रका विभिन्न स्थानहरुमा लघु बीमा सेवा पुर्याउने उद्देश्यले शाखा विस्तारमा जोड दिइएको कम्पनीले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*