जीवन बीमा अभिकर्ताको परीक्षा माघ २१ गतेदेखि

१९ माघ २०८०, शुक्रबार १३:०८

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको मिति तय गरेको छ । प्राधिकरणले बीमा ऐन, २०७९ अनुसार परीक्षा लिएर मात्र बीमा अभिकर्ताको इजाजतपत्र दिने व्यवस्था गरे बमोजिम परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणले माघ २१ गते आइतबारदेखि २५ गते बिहीबारसम्म साँझ ५ बजेदेखि साढे ६ बजेसम्म परिक्षा संचालन गर्ने भएको छ । त्यस्तै, प्राधिकरणले माघ २६ गते शुक्रबार दिउँसो साढे १ बेजदेखि तीन बजेसम्म पहिलो सिफ्टलाई र दिउँसो ३ः१५ बजेदेखि ४ः४५ बजेसम्म दोस्रो सिफ्टको परीक्षा संचालन गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*