हिमालयन र नेपाल रिइन्स्योरेन्सको कस्तो रह्यो शेयर कारोबार ?

१९ माघ २०८०, शुक्रबार १५:२९

काठमाडौं । यस साताको नेप्से दोहोरो अंक (३०.९२) ले घटेर २०६७ को विन्दुमा कायम रही बन्द भएको छ । बिहीबार हिमालयन रि र नेपाल रिको शेयरमा खरिद बिक्रीको चाप अत्यधिक भएपछि दुबै कम्पनीको शेयरमूल्य घटेको हो ।

यस साताको पहिलो दिन आइतबार हिमालयन रिको शेयर कारोबार ६५० रुपैयाँमा खुलेको थियो । कारोबार समयभर तीव्र उचाचढाव भएको कम्पनीको शेयरमूल्य ६४५ रुपैयाँमा कायम भएर रोकिएको थियो ।

सोमबार ६४५ रुपैयाँमा खुलेको शेयर कारोबार बढेर ६६९ रुपैयाँमा पुगेर बन्द भएको थियो । मंगलबार यस कम्पनीको शेयर कारोबार ६८२.३० रुपैयाँमा खुलेको थियो । यस दिन कम्पनीको शेयरमूल्य बढेर ७०९.६० रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै, बुधबार ७२३ रुपैयाँमा खुलेको यस कम्पनीको शेयरमूल्य तीव्र उतारचढावका बावजुत ७१४.६० रुपैयाँमा कायम भएर बजार बन्द भएको थियो ।

त्यसैगरी, साता काराबारको अन्तिम दिन यस कम्पनीको कारोबार ७२० रुपैयाँमा खुलेको थियो । यस दिन कम्पनीको शेयरमूल्य बढेर ७२२.१० रुपैयाँसम्म पुगेको थियो । अन्त्यमा यस दिन कम्पनीको शेयरमूल्य ६९५.१० रुपैयाँमा कायम रहदा बजार बन्द भएको हो ।

यता साताको पहिलो दिन नेपाल रिको शेयरमूल्य ७२२.५० रुपैयाँमा खुलकोे थियो । सो दिन कम्पनीको शेयरमूल्य बढेर ७५२ रुपैयाँमा कायम रहेको थियो ।

त्यस्तै, सोमबार यस कम्पनीको शेयर कारोबार ७५९.५० रुपैयाँमा खुलेको थियो । यस दिन कम्पनीको शेयरमूल्य ७७२.९० रुपैयाँमा कायम रह्यो ।

त्यसैगरी मंगलबार ७८८.३० रुपैयाँमा खुलेको शेयरकारोबार तीव्र उचारचढाव भई अन्त्यमा ८२६ रुपैयाँमा आएर रोकियो । बुधबार ८२६ रुपैयाँमा खुलेको कम्पनीको शेयर घटेर ८१६.१० रुपैयाँमा कायम भयो ।

साता कारोबारको अन्तिम दिन ८३२ रुपैयाँमा कारोबार खुलेको यस कम्पनीको शेयरमूल्य घटेर ७९२ रुपैयाँमा कायम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*