प्राधिकरणले तोकेको दररेट अनुसार बीमालेख जारी गर्ने निर्जीवन बीमकको निर्णय

१९ माघ २०८०, शुक्रबार १७:२०

काठमाडौं । लुम्बिनी प्रदेशका निर्जीवन बीमा गर्ने बीमकहरुले प्राधिकरणले तोकेको दररेट अनुसार बीमालेख जारी गर्ने निर्णय गरेका छन्। नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा आज शुक्रबार प्रदेश प्रमुखहरुसँग गरिएको छलफलमा उक्त निर्णय गरिएको हो।

साथै, कृषि तथा पशुपन्छी बीमा गर्न जिल्ला तोकिएको बीमकलाई जिल्ला अन्तर्गत रहेका प्रत्येक पालिकाको सम्बन्धित विभागमा महिनाको एक पटक सम्पर्क गर्न वा पालिकाले उपलब्ध गराएको हेल्प डेस्कबाट काम गर्न समन्वय गरिने निर्णय गरिएको छ ।

उक्त छलफल कार्यक्रममा नेपाल बीमा प्राधिकरण कार्यालय प्रमुख पूर्ण बहादुर थापा तथा सहायक निर्देशक मो. दिल्दार अन्सारीको पनि उपस्थिति रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*