ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष जगत पोखरेले लिए शपथ

२१ माघ २०८०, आईतवार १२:२५

काठमाडौं। बीमा प्राधिकरणबाट लाईसेन्स पाएको चार महिनापछि ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष जगत पोखरेलले आज शपथ ग्रहण गरेका छन् । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज ट्रष्ट माइक्रो इन्स्योरेन्सका संचालक समितिका अध्यक्ष पोखरलाई अध्यक्ष पदको शपथ गरेका हुन् ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र कम्पनीकोतर्फबाट प्रतिनिधिहरुको सहभागी रहेको थियो ।

प्राधिकरणका अनुसार लघुबीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीहरुको न्यूनतम चुक्तापूँजी ७५ करोड रुपैयाँ हुनुपर्नेछ। कम्पनीले गत कात्तिक महिनामा प्राधिकरणबाट लाईसेन्सको अनुमति पाएको थियो ।

पोखरेल लघुवित्त वित्तीय संस्थाका संचालकहरुको छाता संगठन ुमाइक्रोफाइनान्स एशोसियसन अफ नेपालु र भिजन लुम्बिनी लिमिटेडका अध्यक्ष समेत हुन्। साथै, उनि भिजन लुम्बिनी उर्जा कम्पनीमा कार्यकारी अध्यक्ष छन्।
.

ट्रष्ट माइक्रोले आफ्नो बुटवल स्थित केन्द्रिय कार्यालयबाट छिट्टै कारोबार सुरु गर्ने तयारीमा रहेको संस्थाका अध्यक्ष पोखरेलले जानकारी दिएका छन् । उनकाअनुसार अबको हप्ता दिनमा कारोबार सुरु हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*