रिलायबल नेपाल लाइफको वित्तीय विवरण सार्वजनिक, जीवन बीमा कोषमा साढे आठ अर्ब, अन्य सूचांकमा सुधार

२३ माघ २०८०, मंगलवार ०७:५७

काठमाडौं । रिलायबल नेपाल लाइफले चालु आवको अर्ध बार्षिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा आठ अर्ब ४३ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार छ अर्ब ४९ करोड रुपैयाँ संचिती रहेको थियो ।

कूल चार अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा २३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ४६ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा यस वर्ष सामान्य बृद्धि गर्न सफल भएको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।

कम्पनीले छ महिनाको अवधीमा एक अर्ब ९३ करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले एक अर्ब ७८ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेकोमा बृद्धि भएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ८ प्रतिशतले बृद्धि भएको तथ्याङ्कमा देखिएको छ ।

रिलायबल नेपाल लाइफले छ महिनाको अवधीमा २१ करोड ४६ लाख रुपैयाँ अभिकर्ता कमिशन बापत खर्चिएको छ । समीक्षा अवधीमा कम्पनीको प्रतिशेयर आम्दानी ११.५५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १७९.७१ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*