महालक्ष्मी विकास बैंकको सीइओमा दिपेश लम्साल नियुक्त

२४ माघ २०८०, बुधबार १०:३५

काठमाडौँ । महालक्ष्मी विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दिपेश लम्साललाई नियुक्त गरेको छ ।

कम्पनीको माघ २३ गते बसेको संचालक समितिको बैठकले कामु सीइओ लम्साललाई सीइओको जिम्मेवारी दिएको हो । उनलाई माघ २४ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीइओ चयन गरीएको हो ।

नेपाली बैंकिङ क्षेत्रमा निकै नै कुशल र क्षमतावान बैंकररुपको परिचय स्थापित गरेका लम्सालले अब थप बैंकलाई सबल र सक्षम बनाउन विश्वास कम्पनीले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*