प्रतिकित्ता न्यूनतम ११० रुपैयाँमै प्राइम कमर्सियल बैंकको ४१ हजार कित्ता शेयर बिक्रीमा

२४ माघ २०८०, बुधबार ११:२०

काठमाडौं । प्राइम कमर्सिइल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम मूल्य ११० रुपैयाँमा ४१ हजार ५० कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको हो ।

यस लिलामी शेयरमा विद्यमान संस्थापक वा जो–कोही व्यक्तिले खरिद आवेदन दिन सक्नेछन् । शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता शेयरका लागि प्रतिस्पर्धात्मक मूल्य तोकि खरिद आवेदन दिनुपर्नेछ ।

शेयर खरिद गर्न इच्छुकले आज (माघ २४ गते) देखि फागुन ४ गतेभित्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर भवन, थापाथली, काठमाडौंमा बोलपत्र पेश गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*