छिमेक लघुवित्तको नाफा साढे ४३ करोड, वितरणयोग्य नाफा अर्ब क्लबमा, कस्ता छन् अन्य सूचक ?

२४ माघ २०८०, बुधबार १०:५४

काठमाडौँ । छिमेक लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसारक कम्पनीको मुनाफा ४३ करोड ६२ लाख २५ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा कम्पनीको मुनाफा २१.५४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ५५ लाख ६० करोड ८२ लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.५९ ले घटेर १ अर्ब ३८ करोड ४७ लाख ४७ हजार रुपैयाँमा आएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको संचालन नाफा २३.०६ प्रतिशतले घटेर ६१ करोड ३८ लाख ८५ हजार रुपैयाँमा सिमित भएको छ । कम्पनीको वितरणयोग्य नाफा १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ रहेको छ । गत वर्ष सोहि अवधिमा कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ६४ करोड १ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खराब कर्जा ०.९४ प्रतिशतबाट बढेर २.९५ प्रतिशत, चुक्तापूँजी २ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि १८ रुपैयाँ ५५ पैसाले घटेर २९ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ ५२ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*