गणपति लघुवित्तको मुनाफा १ करोड ७ लाख रुपैयाँ, खराब कर्जा र प्रतिसेयर आम्दानी कति ?

२४ माघ २०८०, बुधबार ११:०५

काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा १ करोड ७ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५.३३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १ करोड १३ लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.७० प्रतिशतले बढेर ५ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ५ करोड ६ लाख रुपैयाँ रहे्को थियो ।

पुष समान्तसम्मको अवधिमा कम्पनीको सञ्चालन नाफा ५.३३ प्रतिशतले घटेर १ करोड ५३ लाख रुपैयाँमा झरेको छ । कम्पनीको वितरणयोग्य नाफा ५६ लाख १० हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ, जगेडा कोषमा ६ करोड ८७ लाख रुपैयाँ र खराब कर्जा ४.६६ प्रतिशत रहेको छ ।

यसअवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ७४ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*