नेपाल बैंकले धितोमा राखिएको नौ जनाको सुनचाँदी लिलामीमा बिक्री गर्ने

२४ माघ २०८०, बुधबार १२:२९

काठमाडौं ।  नेपाल बैंकले धितोमा राखिएको सुनचाँदी लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सुनचाँदी बिक्री गरेर असुल गर्ने भएको हो ।

बैंकको समयमा कर्जा चुक्ता नगरेपछि धितोमा राखिएको सुनचाँदी लिलामी गर्ने भएको हो ।
पटक–पटक तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

डाँक बढाबढमा सबैभन्दा बढी मूल्य कबुल गर्नेले कबोल अङ्कको १० प्रतिशत रकम धरौटी स्वरूप जम्मा गर्नुपर्नेछ । र, कबोल भएको रकममा बैंकले लिलाम बिक्री गर्ने निर्णय गरेमा तुरुन्त बाँकी ९० प्रतिशत रकम जम्मा गर्नुपर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*