एशियन लाइफले गर्यो २ लाख ५६ हजार रुपैयाँ दाबी भुक्तानी

२४ माघ २०८०, बुधबार १३:१०

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विराटनगर शाखाले २ लाख ५६ हजार ९२३ रुपैयाँको दाबी भुक्तानी गरेको छ । शाखाले एक दाबी भुक्तानी कार्यक्रमको आयोजना गर्दै बीमितको परिवारलाई रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका अनुसार दुहबी–१०, सुनसरी निवासी पशुपति सरबरियाको छोरा बीमित प्रमेश सरबरियाको गत वर्षको माघ ११ गते १४ वर्षको उमेरमै असामयिक निधन भएको थियो । बीमितले एशियन लाइफको सावधिक जीवन बीमा योजनामा २ लाख २३ हजार रुपैयाँको बीमा गरेका थिए ।

बीमितको निधनपछि कम्पनीले आवश्यक प्रक्रिया पुरा गरी बीमितको बुवालाई आज (माघ २४ गते) विराटनगर शाखाका प्रबन्धक सरोज भण्डारीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*