कस्तो रह्यो आज नेपाल रि र हिमालयन रिको शेयर कारोबार ?

२४ माघ २०८०, बुधबार १६:५१

काठमाडौं । बुधबार पनि बजारले बढ्ने निरन्तरता पाएको छ । बजार उकालो लाग्दै जाँदा आज नेप्सेमा सूचीकृत १६८ कम्पनीहरुको शेयरमूल्य बढेको छ भने ६८ कम्पनीको शेयरमूल्य घटेको छ । यस दिन हिमालयन रिइन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्स कम्पनीको पनि शेयरमूल्य घटेको हो ।

पछिल्लो समय यता लगानीकर्ता हिमालयन रिको शेयरमा झुम्मिरहेका छन् । बुधबार पनि खरिदबिक्रीको चाप बढेपछि हिमालयन रिको शेयरमूल्य १.२५ प्रतिशतले घटेको छ। आज सर्वाधिक खरिदबिक्री गरिएको यस कम्पनीको शेयर कारोबार ६९६ रुपैयाँ १० पैसामा भएको छ ।

आज हिमालयन रिको २४ करोड ८२ लख ६८ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । अघिल्लो दिन ६८५.५० रुपैयाँमा खुलेको हिमालयन रिको शेयरमूल्य बढेर ७०४.९० रुपैयाँमा कायम हुँदा बजार बन्द भएको थियो ।

त्यस्तै, आज नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयरमूल्य २.०८ प्रतिशतले घटेको छ । आज ८१८ रुपैयाँमा खुलेको यस कम्पनीको शेयरमूल्य १७ रुपैयाँले घटेर ८०१ रुपैयाँमा कायम भएको छ ।

आज नेपाल रिको ३ करोड ५१ लाख ७७ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । अघिल्लो दिन यस कम्पनीको शेयर कारेबार ७८७ रुपैयाँमा खुलेको थियो । तीव्र उतारचढाबका वाबजुद नेपाल रिको शेयरमूल्य ८१८ रुपैयाँमा कायम रहँदा बजार बन्द भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*