प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको थप पाँच नयाँ शाखा संचालनमा

२४ माघ २०८०, बुधबार १७:२५

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गत साता भित्र मात्रै विभिन्न स्थानमा पाँच नयाँ शाखा संचालनमा ल्याएको छ । यस कम्पनीले माघ १४ देखि १८ गतेसम्म क्रमशः घोराही, कोहलपुर, भैरहवा, टाँडी तथा लहानमा शाखा तथा उपशाखा कार्यालय संचालनमा ल्याएको हो ।

उक्त नवसंचालित शाखा कार्यालयहरुको औपचारिक उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रोकाले लघु निर्जीवन व्यवसायमा निम्न आय स्तर भएका, सिमान्तीकृत बर्ग र पिछडिएको क्षेत्र समेतलाई निर्जीवन बीमा सेवा मार्फत सुरक्षाको प्रत्याभुति प्रदान गर्ने लक्ष्यअनुरुप कम्पनीले सेवा प्रदान गर्दै आएको बताए ।

उनले बीमा व्यवसायमा सबैभन्दा मुख्य र संवेदनशील बिषय भनेकै दाबी उपर भुक्तानी गर्ने कार्य भएको धारणा राख्दै कम्पनीले दाबी उपर बिना भन्झट सहज र सरल तरिकाले समयमै भुक्तानी गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कम्पनीले प्राप्त हुन आएको दाबी उपर सरल सहज र बिना झन्झट यथासक्य छिटो भुक्तानी गर्दे आएको र हालसम्म १९ वटा दाबी वापतको ११ लाख ६५ हजार रकम भुक्तानी भैसकेको बताए ।

कम्पनीले उल्लेखित कार्यालयहरुको अलावा बिर्तामोड, उर्लाबारी, इटहरी, लम्की, डडेल्धुरा तथा गोकुलेश्वरमा शाखा तथा उपशाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । यसरी हालसम्म कम्पनीको कुल कार्यालय संख्या १३ रहेको र सो मध्ये ११ शाखा तथा उपशाखाहरु, १ प्रदेश कार्यालय र १ मुख्य कार्यालय रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*