सिवाईसी नेपाल लघुवित्तको २ करोड १० लाख, वितरणयोग्य नाफा र खराब कर्जा कति ?

२५ माघ २०८०, बिहीबार १०:४३

काठमाडौँ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा २ करोड १० लाख ९७ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २ करोड ३८ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी बढेर १३ करोड १८ लाख ८० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १२ करोड १४ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ४२ लाख २२ हजार रुपैयाँ रहेको संचालन नाफा घटेर २ करोड ४९ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २६ करोड ६४ लाख २४ हजार रुपैयाँ, खराब कर्जा ४.७७ प्रतिशत, वितरणयोग्य नाफा १ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

पुष मसान्तसम्ममा कम्पनीको प्रतिसेयर १५ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ३२ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*