राष्ट्र बैंकका गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

२५ माघ २०८०, बिहीबार १८:०७

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट बर्खास्त गर्न भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । भ्रष्टाचारविरोधी अभियन्ता युवराज सफलले अधिकारीलाई पदबाट बर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

उनले महाप्रसाद अधिकारी गभर्नर हुन योग्य नभएको हुँदा तत्काल पदबाट बर्खास्त गरी हालसम्म उनले खाइपाई आएको सम्पूर्ण तलब सुविधा तथा वैदेशिक भ्रमण बापत उपभोग गरेको सम्पूर्ण रकम फिर्ता गर्न लगाइपाउँ भनी परमादेशको माग गरेका छन् ।

सफलले राष्ट्र बैंक ऐन २०५८ को दफा २० बमोजिम योग्यता नभएको भन्ने प्रश्न उठाई सर्वोच्चमा पहिल्यै मुद्दा परेको कुरा समेत रिटमा उल्लेख गरेका छन् । यसअघि जोशी ल एण्ड एशोसिएट्सका अधिवक्ता दिपकराज जोशीसहितले अधिकारीको योग्यतामाथि प्रश्न उठाएर दर्ता गरेको रिटको प्रारम्भिक सुनुवाई भए पनि पूर्ण सुनुवाई हुन सकेको छैन ।

अधिवक्ता जोशीका अनुसार आगामी फागुन ८ गते सर्वोच्चले तारेख तोकेको छ । उक्त मुद्दाको पूर्ण सुनुवाई लगातार दुईपल्ट सरिसकेको छ ।

सफलले दायर गरेको रिट

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*