गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बीमा व्यवसाय ६६ लाख रुपैयाँमाथि, मुनाफा कति ?

२६ माघ २०८०, शुक्रबार ०७:४९

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिसम्ममा ६६ लाख ३४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

दोस्रो त्रैमाससम्म कम्पनीले ३ लाख २ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्म्मा कम्पनीले ५३ लाख २० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जनगर्न सफल भएको छ ।
कम्पनीले हालसम्म्म ४ हजार ५ सय ३३ लघुबीमा पोलिसी बिक्रि गरिसकेको छ । कम्पनीले यस अवधिसम्ममा प्रथम बीमाशुल्क वापत ६६ लाख ३४ हजार रुपैयाँ बराबरको सिंगल पोलसीवापत रकम उठाएको छ ।

कम्पनीको हालको चुक्ता पुँजी ५२ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति जगेडा कोषमा २ लाख २३ हजा। रुपैयाँ र जगेडा कोषमा १८ लाख ५३ हजार रहेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी १२ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*