साना किसान विकास लघुवित्तको नाफा सामान्य बढ्यो, प्रतिसेयर आम्दानीमा गिरावट

२६ माघ २०८०, शुक्रबार १०:५४

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मुनाफा बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको मुनाफा १.७ प्रतिशतले बढेर ४४ करोड २४ लाख ९९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४३ करोड ४९ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी १६.५१ प्रतिशतले बढेर ९९ करोड २ लाख १८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ८४ करोड ९८ लाख ७० हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको सञ्चालन नाफा १३.५८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पुष समान्तसम्ममा ६२ करोड ३ लाख ११ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ७० करोड ४५ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८० करोड ६३ लाख ७३ हजार रुपैयाँ, रिजर्भ कोष ३ अर्ब ७६ करोड २४ लाख रुपैयाँ, वितरणयोग्य नाफा १ अर्ब ४५ करोड रुपैयाँ र खराब कर्जा १.३७ प्रतिशत बाट बढेर २ प्रतिशत पुगेको छ ।

गत वर्ष ५५ रुपैयाँ ६१ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले घटेर २५ रुपैयाँ २५ पैसा र प्रतिसेयर नेवटर्थ भने २३७ रुपैयाँ ५२ पैसा छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*