स्वाभिमान लघुवित्तको साधारण सभा फागुन २० गते बस्दै, के–के छन् एजेण्डा ?

२६ माघ २०८०, शुक्रबार १२:२०

काठमाडौं । स्वाभिमान लघुवित्तको ७ औं वार्षिक साधारण सभा फागुन २० गते आइतबार बस्ने भएको छ । कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको आफ्नै केन्द्रीय कार्यालय तिलोत्तमा–५, रुपन्देहीमा अपरान्ह ११ बजेदेखि बस्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै, नाफा–नोक्सान तथा नगद प्रवाह लगायतका विषय छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालु आवको लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना संचालकको नियुक्ती गरी रिक्त पदमा मनोनयनको अनुमोदन गर्नेछ ।

त्यसैगरी, अन्य इजाजतपत्र प्राप्त घ वर्गका वित्तीय संस्थासंग मर्जर वा प्राप्ति गर्न र गराउन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक प्रक्रिया अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले फागुन ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । नेप्सेमा १० गतेसम्म कारोबार भइ कायम शेयरधनीमात्र सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*