नेपाल लाइफको चन्द्रगढी उपशाखाद्वारा बीमा दाबी भुक्तानी

२६ माघ २०८०, शुक्रबार १४:४६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चन्द्रगढी उपशाखाले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक रकम हस्तान्तरण कार्यक्रमको आयोजना गर्दै बीमितको आश्रीत परिवारलाई दाबी भुक्तानी उपलब्ध गराएको हो ।

वि.स २०६८ साल चैत्र ३० गते झापा बाह्रदशी गाउपालिका वडा नम्बर ३ निवासी यज्ञ प्रसाद ओलीले एजेन्सी मेनेजर श्रीप्रसाद सिटौलामार्फत ५ लाख रुपैयाँ बिमाङ्कको १५ वर्षे योजनाको जीवन समृद्धि बीमा पालिसी खरिद गरेका थिए । बीमित ओलीले ४ वर्षमा १ लाख ५० हजार रुपैयाँका दरले दुई पटक गरी ३ लाख रुपैयाँ सर्भाइभल भुक्तानी बापत फिर्ता प्राप्त गरिसकेका थिए ।

केही वर्षयता प्यानक्रियाजको क्यान्सर रोगले ग्रसित बीमित ओलीको गत पुस २० गते निधन भएको थियो । कम्पनीमा दाबी भुक्तानीको निवेदन परेपछि कम्पनीले आवश्यक कागजात जुटाई शाखा प्रमुख सौरभ ढकालले बीमितकी श्रीमती देवकी ओलीलाई दाबी वापतको रकम हस्तान्तरण गरेका हुन् ।

भुक्तानी बापतको जम्मा ८ लाख ४५ हजार ६६७ रकममा बीमालेखको कर्जाको साँवा र ब्याज गरि जम्मा १ लाख २९ हजार ५८८ रुपैयाँ कट्टा गरी बाँकी ७ लाख १६ हजार ७९ रुपैयाँ चेकमार्फत हस्तान्तरण गरिएको कम्पनीले बताएको छ ।

उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उपशाखा प्रमुखले जीवन बीमा एउटा बहुउपयोगी विज्ञान भएको हुनाले यसलाई आत्मसात गर्न कोही पनि छुट्न नहुने धारणा व्यक्त गरे ।

दाबी भुक्तानी प्राप्त गरिसकेपछि बीमितकी श्रीमतीले बीमा गरेर सहजै दाबी भुक्तानी हुँदैन भनने भम्र चिर्न चन्द्रगढी शाखा सफल भएका बताईन् । दाबी प्रकिया सुरु गरेको निकै कम समयमा बिना झन्झट दाबी भुक्तानी गरेकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गर्दै सबैले बीमा गनुपर्ने बताईन् ।

कार्यक्रममा चन्द्रगढी उपशाखाका एजेन्सी मेनेजर मेघराज न्यौपाने, टिकाराम उप्रेती, लक्ष्मी घिमिरे, निता दंगाल, हरि बुढाथोकी, लगायत उपशाखाका कर्मचारी प्रतिक मैनाली र अन्जु कटवालको उपस्थिती रहेको थियो ।

One thought on “नेपाल लाइफको चन्द्रगढी उपशाखाद्वारा बीमा दाबी भुक्तानी

  1. देवीप्रसाद दाहाल says:

    धेरै राम्रो उत्कृष्ट कार्य

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*