चार माइक्रोफाइनान्सको मुनाफा ऋणात्मक, २१ लघुवित्तको घट्यो, अन्यको अवस्था कस्तो ? (सूचीसहित)

२६ माघ २०८०, शुक्रबार १६:५४

काठमाडौँ । अधिकांश कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरि रहेका छन् । नेप्सेमा सूचीकृत ५५ लघुवित्त मध्ये ३० वटाले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय रिर्पाट सार्वजनिक गरेका हुन् ।

हालसम्म सार्वजनिक गरेका लघुवित्त मध्ये पाँच कम्पनीको नाफामा मात्र सुधार देखिएको छ । साथै, २१ कम्पनीको मुनाफा घट्दा ४ कम्पनी ऋणात्मक छन् । लघुवित्तको नाफामा संकुनचन आइरहेको छ । पछिल्लो दिनमा लघुवित्त विरोधि आन्दोलनले नाफामा गिरावट देखिएको हो । अहिले एक समूहले लघुवित्तको ऋण मिनाहको आन्दोलन गर्दै आइरहेको छ । सो कारणले समेत कम्पनीको मुनाफा ओरालो लागि रहेको हो ।

कम्पनीहरुलाई खराब कर्जा संकलन गर्ने नै सकस परि रहेको अवस्था छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको रिपोर्ट हेर्दा अधिकांश कम्पनीको खराब कर्जामा उच्च बन्दै गएको अवस्था छ ।

नाफामा कुन कति बलियो
चालु आर्थिक वर्षको पुषसमान्तसम्मको विवरण हेर्दा नाफामा साना किसान लघुवित्त नम्बर १ मा रहेको छ । यस अवधिसम्ममा कम्पनीको मुनाफा ४४ करोड २४ लाख ९९ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि वर्षको तुलनामा १.७३ प्रतिशतले बढी हो ।

नाफामा दोस्रो नम्बरमा छिमेक लघुवित्त रहेको छ । कम्पनीको मुनाफा ४३ करोड ६२ लाख २५ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २१.५५ प्रतिशतले कम हो ।

त्यस्तै, चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा जीवन विकास लघुवित्तको नाफा १७ करोठ ७७ लाख रुपैयाँ, ग्रामिण विकास लघुवित्तको ९ करोड ६९ लाख रुपैयाँ, फस्र्ट माइक्रोफाइनान्सको ८ करोड ४९ लाख रुपैयाँ, आरएसडिसि लघुवित्तको ६ करोड ९३ लाख रुपैयाँ, मेरो माइक्रोफाइनान्सको ६ करोड ४३ लाख रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तको ४करोड ७८ लाख रुपैयाँ रहेको छ ।

नाफा धेरै बढाउनेमा गुराँस लघुवित्त रहेको छ । कम्पनीको मुनाफा ३०२८ प्रतिशतले बढेर ७७ लाख २८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

चार कम्पनी ऋणात्मक
पुष मसान्तसम्ममा चार कम्पनीको नाफा ऋणात्मक अवस्थामा रहेको छ । एनएमबि लघुवित्त ६ करोड ७५ लाख ६३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, आशा लघुवित्त ३ करोड २८ लाख रुपैयाँ, फरवार्ड लघुवित्त २ करोड ५८ लाख रुपैयाँ र मानुषि लघुवित्त १ करोड ७७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*