हाथवे इन्भेष्टमेन्ट नेपाल ५९ लाख रुपैयाँ ऋणात्मक, अन्य सूचक कस्ता ?

२८ माघ २०८०, आईतवार १०:३९

काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनी ५९ लाख ४२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष सोहि अवधिमा कम्पनीले १ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा आइपुग्दा कम्पनीको कुल आम्दानी ४८.१८ प्रतिशत घटेर ३ करोड ३८ लाख रुपैयाँमा झरेको छ । गत वर्ष कुल आम्दानी ६ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको सञ्चालन आम्दानी ६ करोड ४९ लाखबाट घटेर ३ करोड ३५ लाख रुपैयाँमा झरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ र जगेडा कोषमा ७८ करोड १६ लाख रुपैयाँ जम्मा रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५१ पैसा ऋणात्मक र नेटवर्थ ८३ रुपैयाँ ४० पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*