बुटवल पावरको मुनाफा १७ करोड ८३ लाख रुपैयाँ

२८ माघ २०८०, आईतवार ११:२४

काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा १७ करोड ८३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षकोसोहि अवधिमा कम्पनीको मुनाफा २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४१ करोड ३९ लाख रुपैयाँ रहेको छ । कम्पनीको वित्तीय आम्दानी २ करोड ७० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४६ पैसा र प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ ७३ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*