शिवम् सिमेन्टको मुनाफा ६७.६७ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानीसहित कुल नाफा समेत ओरालो

२८ माघ २०८०, आईतवार ११:५३

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको बिक्री आम्दानी ३ अर्ब ५१ करोड ९९ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५.२९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको खुद नाफा ६७.६७ प्रतिशत घटेर १४ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ४५ करोड ९६ लाख २२ हजार रुपैयाँ रहेको थियो ।

पुष समान्तसम्ममा कम्पनीको कुल नाफा २०.५२ प्रतिशत घटेर ५० करोड ४२ लाख रुपैयाँ र अन्य आम्दानी ४७.४० प्रतिशत घटेर १७ करोड २ लाख रुपैयाँमा सिमित भएको छ ।

यस अवधिमा कम्पनीको कुल खर्च ७.६७ प्रतिशत बढेर ५० करोड ९४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको कुल खर्च ४७ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९८ पैसा घटेर ५ रुपैयाँ ९१ पैसा र प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ६९ पैसा रहेको छ ।

५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४० करोड ८२ लाख रुपैयाँ सञ्चित छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*